चैत्र १६, २०८० शुक्रबार

फुत्त गठबन्धन टुटेको समाचार आउन सक्छ, अचम्म नमान्नु : ओली

गौरीगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको बताएका छन् । झापाको गौरीगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै धरापमा परेको गठबन्धन जतिसुकै बेला टुट्न सक्ने बताए ।

अध्यक्ष ओलीले भने, रेडियो–टिभि खोल्दा, मोवाइलमा समाचार हेर्देगर्दा फुत्त गठबन्धन टुट्यो भन्ने खवर हेर्न पाउनुहुन्छ । त्यतिबेला अचम्ममा नपर्नुहोला । बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको भन्दै गठबन्धनको धागो जतिसुकै बेला चुडिन सक्ने बताएका थिए ।

मंसिर ४ को निर्वाचनमा कार्यकर्तालाई निर्धक्क भएर एमाले विजयी गराउन आग्रह गरेका ओलीले गठबन्धनलाई मतदाताले मज्जाले बुझिसकेको बताएका छन् । नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, ओलीले भने – जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।

जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै उनले अबको निर्वाचनमा एमालेले एक्लै बुहमत ल्याउने धारणा राखे । गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउदै ओलीले थपे, उहाँको आँसु अब रुमालले पुछ्न सक्दैन, गाम्छा चाहिन्छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, उब्रेपाब्रेको खान जाँदा जुठो खान्न भन्न पाइदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, उनले नै जुठो हो । गठबन्धनमा कांग्रेसले छोडेका सिट मात्रै अन्य दलहरुले पाउने उनको भनाई थियो ।

माओवादीका प्रभावशाली नेता विद्यानन्दसिंह राजवंशीसहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको सो कार्यक्रममा उनले आफु प्रधानमन्त्री भएको बेला गरिएका विकास निर्माणका बारेमा सुनाए । माओवादी, कांग्रेससहित मधेशवादी दलहरुबाट सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

हुलाकी रोड, अन्य सडक सञ्जालहरु, पुल पुलेसा, शिक्षा,स्वास्थ्य क्षेत्रसहित विकास निर्माणका कयौं काम गरिएको बताउँदै अध्यक्ष ओलीले गठबन्धन सरकार आएपछि विकास नै रोकेको बताए । एमाले सरकार हुँदा थालिएका सबै विकासका काम रोकिएका छन्, गठबन्धनले विकास नै रोकेको छ– ओलीले भने, मंसिर ४ पछि एमाले सरकार बन्छ र त्यसपछि रोकिएका सबै काम अघि बढ्ने छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुर्यमा मतदान गर्न आव्हान गर्दै ओलीले बेलैमा जनताको पार्टी रोज्न आग्रह गरेका छन् । ढिलै भएपनि पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले जनताको पार्टी एमाले मात्रै भएकाले चाँडै प्रवेश गर्न आव्हान समेत गरेका छन् ।

राजनीतिसँगै एमाले आर्थिक क्रान्तिमा लागेको भन्दै सबै पार्टी सदस्य र शुभचिन्तकहरुलार्ए उत्पादनमा जोडिन आग्रह गरे । गरिवी निवारणका लागि उत्पादन बढाउन आग्रह गरेका ओलीले गौरीगञ्जमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा समेत गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र हरेक हिसावले अघि बढ्दै गएको र चाँडै पूर्वयोजना अनुरुप स्मार्ट बजारहरु निर्माण गर्दै जाने बताए । देश बनाउने अभियानमा एमाले क्रियाशिल भएको भन्दै विकासका लागि चिन्ता नलिन आग्रह गरे ।

प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]