बैशाख ७, २०८१ शुक्रबार

गौरीगञ्जबाट माओवादीभित्र विद्रोहको शुरुआत : विद्यानन्दसिंह

गौरीगञ्ज । सयौं नेता कार्यकर्ता सहित एमाले प्रवेश गरेका माओवादी नेता विद्यानन्दसिंह राजवंशीले गौरीगञ्जमा माओवादीभित्र विद्रोहको शुरुआत मात्रै भएको बताएका छन् । उनले पहिलो चरणको पार्टी प्रवेश शुरुआत मात्रै भएको बताउँदै उनले झापा जिल्लाभर यसको प्रभाव पर्ने ठोकुवा गरे ।

पार्टी प्रवेश कार्यक्रममा उनले गौरीगञ्जमा माओवादी शुन्य बनाइदिने घोषणा गरेका छन् । माओवादीबाट जनताले मुक्ति नपाउने निश्चित भएको उनको ठम्याई छ । माओवादी आन्दोलनबाट विचलित र विचारमा स्खलित भइसक्यो, राजवंशीले भने – माओवादीको बाटो बेठिक छ । त्यसैले सहि बाटो, देश बनाउने पार्टीमा प्रवेश गरेको हुँ ।

माओवादी निर्माणको उदेश्य विर्सिएर कांग्रेसको पछि लागेको भन्दै पार्टीभित्रको चरम स्वार्थले जनतामाथि अन्याय भएको उनको ठहर छ । प्रचण्ड चम्चाको भूमिका देखिएपछि मुलुक र जनताले दुख पाउन थालेको राजवंशीको धारणा छ ।
नेकपा विभाजनपछि माओवादी कांग्रेसतिर लाग्नु नै ठुलो गल्ती भएको दावी छ । जसले टाउकोको मुल्य तोक्यो, उसैसँग घाँटी जोड्नु भनेको स्वार्थको हक हो । सचेत माओवादी कार्यकर्ताहरु सबै एमाले प्रवेश गर्दै जाने बताएका छन् । राजवंशीको नेतृत्वमा एकाध बाहेक गौरीगञ्जका सबै माओवादी सदस्यहरु एमाले प्रवेश गराएका छन् ।

को हुन् राजवंशी ?

जनयुद्धको अग्रमोर्चामा रहेका उनी तत्कालिन कोचिला राज्य समितिमा समेत रहेर काम गरिसकेका नेता हुन् । एमाले र माओवादीको पार्टी एकतापछि जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका उनी अहिले माओवादीको प्रदेश कमिटीको जिम्मेवारीमा थिए । झापाको माओवादी आन्दोलनमा अग्रमोर्चामा रहेका राजवंशी गौरीगञ्जमा अधिकांश माओवादी सदस्यसहित एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]