चैत्र १६, २०८० शुक्रबार

बुद्धिजीवी परिषद भद्रपुरको अध्यक्षमा आचार्य

बिर्तामोड । भद्रपुर नगरपालिकाभित्र रहेका बाम बुद्धिजीवीहरुको प्रथम नगर भेलाले गोपाल आचार्यको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद भद्रपुर नगर समिति गठन गरेको छ ।

शनिबार भद्रपुरमा भएको भेलाले परिषद नगर समितिको उपाध्यक्षमा अधिवक्ता देवीकुमारी निरौला, सचिवमा लक्ष्मीप्रसाद घिमिरे, उपसचिव द्वय अम्बरबहादुर खड्का, झमकबहादुर बस्नेत र कोषाध्यक्षमा शंकर गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी, सदस्यहरुमा दशरथ प्रधान, ओमप्रकाश कोइराला, बमबहादुर कोइराला, गणेश अधिकारी, प्रेमबहादुर बरुवाल, भवेन्द्र गौतम, माधव घिमिरे, छविलाल सुवेदी, चूडामणि पराजुली, चूडामणि वशिष्ठ र उमाकान्त पोखरेल सर्वसम्मत चयन हुनु भएको छ ।

सोही भेलाले जिल्ला प्रतिनिधिमा खडानन्द गुरागाई र प्रदेश प्रतिनिधिमा टंकनाथ शर्मा पाण्डे र लक्ष्मण पोखरेललाई चयन गरेको निर्वाचन समितिका संयोजक गोविन्द कोइरालाले जानकारी दिनुभयो ।

नेपाल बुद्धिजीवी परिषद १ नम्बर प्रदेश सहइञ्चार्ज चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा भएको थियो । अधिवक्ता दिपक निरौलाले स्वागत गर्नु भएको कार्यक्रममा परिषदका जिल्ला सचिव डा राजेन्द्र अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी गरागाईले गर्नु भएको थियो ।

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]