जेष्ठ २, २०८२ बिहीबार

१२ को नतिजामा समीक्षा गर

सम्पादकीय

कक्षा १२ को नतिजाको सन्दर्भमा चौतर्फी आलोचना शुरु भएको छ । शुक्रवार सार्वजनिक भएको नतिजा प्रशंसायोग्य छैन । यो नतिजाले पठनपाठनमा ठुलो प्रश्न पनि उठाएको छ । मुलभुत रुपमा विधार्थीको कमजोरी कि शिक्षकको कमजोरीले यस प्रकारको नतिजा आएको भन्ने प्रश्न उठेको छ । शिक्षामा बढ्दै गइरहेको लगानी बालुवामा पानी जस्तै भएको छ । यसले उत्कृष्ठ विधार्थी उत्पादनमा पनि समस्या सिर्जना गरेको छ । यो वर्षको नतिजा कुनै हालतमा पनि चित्त बुझाउने ठाउँ छैन ।

आफ्ना सन्तान विधालय जान्छन्, पढ्छन् भनेर मख्ख छन् अभिभावक । विश्वासले अभिभावक बसेका छन् । तर, आफ्ना सन्तानको अध्ययन खस्किरहेको बारे ख्याल गरिएको पाइदैन । अभिभावक आफ्नो सन्तानको शिक्षा प्रति वेखवर भएकाले पनि नतिजा सोचे अनुरुप आइरहेको छैन । कमै शिक्षक कर्मचारीले मात्रै विधार्थी भविष्यप्रति चिन्ता लिएका हुन्छन् । धेरैजसो शिक्षकलाई आफ्नो नीजि कामकै चिन्ता छ । जसले परिणाम कमजोर आइरहेको छ । शिक्षाको लगानी परिणाममुखी हुन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याए । ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका छन् । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । धेरै विधार्थीको रोजाईमा अंग्रेजी विषय थियो । उनीहरु अंग्रेजीमै फेल भएका छन् । विधालयहरुले आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्छ । अभिभावकले पनि आफ्ना सन्तानको पठनपाठनमा निगरानी र विधालयमा खवरदारी गरिरहनुपर्छ ।

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]