राजगढबाट ४० बोरा अवैध चिनि बरामत
बिर्तामोड । झापा प्रहरीले ४० बोरा अवैध चिनि बरामत गरेको छ । आज दिउँसो बाह्रदशी-३ राजगढ बजारबाट प्रहरीले अवैध चिनि बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

राजगढ बजारको पशु हाट नजिकै सार्वजनिक स्थलमा १ लाख ३० हजार मुल्य बराबरको भारतीय चिनि बरामत भएको प्रहरीले जनाएको छ । सो चिनि बरामत गरी इलाका प्रहरी कार्यालय राजगढले थप अनुसन्धानका लागि भद्रपुर भन्सार पठाएको छ । चिनि कसको हो भन्ने बारे प्रहरीले खुलाएको छैन । सो क्षेत्रमा पछिल्लो समय अवैध ओसारपसार समेत मौलाएको स्थानीयबासी बताउँछन् ।