जेष्ठ १३, २०८२ सोमबार

कनकाई-विर्ता-अर्जुन नविकरणीय उर्जाको अनुगमन, २ महिनापछि सञ्चालन गर्ने तयारी

झापा । बिर्तामोड नगरपालिकाको टोलीले कनकाई नगरपालिका वडा नम्बर १ मा निर्माण भईरहेको कनकाई विर्ता अर्जुनु नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लिमिटेडको अनुगमन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले अनुगमन गरेको हो ।

टोलीलाई कनकाई विर्ता अर्जुनु नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराएका थिए । काम अन्तिम चरणमा पुगेकाले अबको करीब २ महिनामा कम्पनी सन्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कनकाई,विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नविकरणीय उर्जा सञ्चालनमा आउन लागेको हो । यसमा १४ करोड ३२ लाख रुपैंया खर्च भईसकेको जनाईएको छ ।

कम्पनी सञ्चालनमा आएपछि ३ वटा नगरपालिकामा उत्पादन भएको फोहोरबाट दैनिक १६ सय केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ । पछल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आवद्द हुने बारेमा सल्लाह भईरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताए ।

नविकणीय उर्जा सञ्चालनमा आएपछि बिर्तामोडमा अहिले भईरहेको फोहोर व्यवस्थापनको समस्या पनि हट्ने छ ।

प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]