बुद्धशान्ति –१ ले ज्येष्ठ नागरिकलाई २५ सय दिने
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ वर्ष उमेर पूरा भएका वडाका ज्येष्ठ नागरिकहरूलाई ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने भएको छ ।

९५ वर्ष उमेर पूरा भएका समाजका सम्पत्ति, इतिहासका साक्षी ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वडाको बैठकले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । सो रकम ज्येष्ठ नागरिकबाट आशिर्वाद लिने चाड विजयादशमी अगाडी नै ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।