बैशाख २१, २०८१ शुक्रबार

प्रधानाध्यापकसहित डाँगीलाई निष्कासन गर्न विधार्थीको सात दिने अल्टिमेटम

लक्ष्मी मावि प्रकरण

बिर्तामोड । लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीलाई निष्कासन गर्न सात दिने अल्टिमेटम दिइएको छ ।
पूर्व विधार्थीले शुक्रवार विधालयमा आयोजना गरेको बृहत भेलाले विधालयमा समस्या उब्जाइरहने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई निष्कासन गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले दुवैलाई अन्यत्र पठाउन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । सात दिनको अल्टिमेटम दिँदै पूर्व विधार्थीले सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउन थालेका छन् ।
करिव २ सय जनाको सहभागिता रहेको भेलामा पूर्व विधार्थी, स्थानीय अगुवा, चन्दादाता, अभिभावक र विधार्थी सहभागी थिए । सोहि भेलाले पूर्व विधार्थी भिष्म पौडेलको संयोजकत्वमा ३३ सदस्यीय संघर्ष समिति घोषणा गरेको छ । अल्टिमेटम अनुसार दुवैलाई निष्कासन नगरे आन्दोलनको कार्यक्रम घोषणा गर्ने एक सदस्यले जानकारी दिए । संयोजक पौडेलले प्रअ र सहायक प्रअका कारण विधालयको पटक–पटक बद्नाम भइरहेकाले विधालय जोगाउन पूर्व विधार्थी जुटेको जानकारी दिए ।
आज संयोजक पौडेलले अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]