जेष्ठ १६, २०८२ बिहीबार

झापामा दुर्घटना बढेपछि सवारीको गति मापन गरिदैं

बिर्तामोड । सवारी दुर्घटना नियन्त्रणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले र्याडर गनको सहायतामा गति मापन गरिरहेको छ । तीब्र गतिले दुर्घटनाको जोखिम बढेपछि झापा ट्राफिक सवारीको गति मापनमा सक्रिय भएको हो ।

झापा ट्राफिकका प्रमुख अशोक कुमार जवेगु सहित ट्राफिक प्रहरी दैनिक गति मापन र स्थलगत प्रशिक्षणमा खटिएका छन् । जिल्लाका विभिन्न भागमा सवारीको गति मापन गर्दै आएका ट्राफिक प्रहरीले तीब्र गतिमा हुइकिने सवारीलाई कारवाही समेत गर्दै आएका छन् ।

बजार क्षेत्रभन्दा बाहिर गति मापन गर्ने काम जारी राखेको ट्राफिक प्रमुख जवुगेले जानकारी दिए । उनका अनुसार गति मापदण्ड उल्लंघन गर्नेहरुलाई कारवाही गर्ने, सम्झाई बुझाई गर्ने काम भइरहेको छ । हप्तामा २-३ दिन गति मापन गरिरहेको झापा ट्राफिकसँग दुई थान र्याडर गन छ । जवेगुले र्याडर गन जिल्लामा पर्याप्त नभएको भन्दै प्रभावकारी कामका लागि सबै यूनिटमा १-१ थान आवश्यक हुने बताए । हाल जिल्लामा १ र केरखामा १ थान रहेको बताइएको छ ।

मोटरसाइकल ४०-५० र यात्रुबाहक बस ६०-७० भन्दा धेरै गतिमा कुदाउन नमिल्ने उनको भनाई छ । त्यो भन्दा धेरै गतिमा सवारी चलाउने सवारीलाई ५ सय देखि १५ सयसम्म जरिवाना गर्ने गरिएको जवेगु बताउछन् ।

प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार  ११ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]