जेष्ठ १६, २०८२ बिहीबार

अनेमसंघ झापाको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत भएकी छन् ।

जिल्ला सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । बन्दशत्रबाटै सदस्य चयन गरेको अनेमसंघले पदाधिकारी चयन गर्दै कमिटीलाई पूर्णता दिएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेनुका डाँगी, सचिव लिला दाहाल, सहसचिव सिता विक र कोषाध्यक्ष कोपिला चम्लागाई सर्वसम्मत भएका छन् । अनेमसंघ झापाको नवौं जिल्ला सम्मेलन भदौं ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]