जेष्ठ १५, २०८२ बुधबार

देउनियाको पुलबाट खस्यो ट्रक, एक महिलाको मृत्यु

झापा । भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रकको ठक्कर ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छन् । मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिएको थियो ।

ट्रक अनियन्त्रित भई पुलमाथिबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन् । घाइतेहरू बिर्तामोड–२ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन् । उनीहरूलाई बीएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ ।

ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]