जेष्ठ २, २०८२ बिहीबार

पाथीभरा टोलबाट सिकौं

सम्पादकीय
समुदायमा मेलमिलाप गरेर बस्नु हाम्रो समाजमा अहिले अझै अनौठो मानिन्छ । हरेक गाउँघर, समुदायमा विभिन्न मुद्धामा झैझगडा, वादविवाद भइरहन्छ । सडक, विजुली, पानी, सरसफाई लगायतका विषयमा समुदायबिचमा विवाद हुने गर्छ । समुदायभित्र एउटा परिवारले मात्रै स्वार्थ प्रकट गर्न थाल्यो भने त्यहाँ विवादको विऊ रोपिन्छ । त्यसैले नै समुदायमा मेलमिलाप कायम हुन दिदैन । गाउँ समाजमा हदैसम्म मेलमिलाप भएर बसेको विरलै पाइन्छ । समुदायको एकता भएमा हरेक कुरामा समाज अघि बढ्न सक्छ ।

झापाको बिर्तामोड–५ मा पाथीभरा टोल सुधार संस्था छ । पाथीभरा टोल यहाँ कमैले मात्र नसुनेका होलान् । पाथीभरा टोल अन्य समाजभन्दा पृथक छ । किनभने, पाथीभरा टोलमा एकता छ । सो समाजमा सहयोगी भावना छ । टोलभित्रका १२२ आजीवन सदस्य रहेका परिवार एउटै परिवार जस्तो मिलेर बसेको छ । जहाँ विभिन्न शिर्षकमा प्रोत्साहन समेत गर्ने गरिएको छ । विधार्थीदेखि बुहारीसम्मलाई प्रोत्साहन गर्ने पाथीभरा टोलको एकता साच्चै लोभ लाग्दो रहेछ ।

टोलभित्र विभिन्न शिर्षकमा परिवारहरुको मुल्याङकन गर्ने गरिएको छ । एसईईमा उत्कृष्ट विधार्थी, सासु ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारी र टोलभित्र सबैभन्दा राम्रोसँग घर सफा राख्नेलाई सम्मान एवम् पुरस्कृत गर्ने गरिएको पाइयो । यस प्रकारका सम्मान र पुरस्कारले सबैलाई टोलको वृद्धिविकासमा हौसला प्रदान गर्छ । घर सफा राख्न प्रतिष्पर्धा हुन्छ । बृद्धबृद्धाको हेरचाहमा धेरैको ध्यान पुग्छ । समुदायको एकताले मात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ । सबै गाउँ टोलले पाथीभरा टोलबाट सिक्नुपर्छ ।

प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]