जेष्ठ २, २०८२ बिहीबार

झापामा मिटरव्याजीको आतंक

सम्पादकीय
मानवीय जीवनमा व्यवहारिक कठिनाईहरु आइरहन्छन् । कोहि कठिनाईमा सहयोग गर्नेहरु हुन्छन् त कोहि कठिनाईमा फाइदा उठाउनेहरु हुन्छन् । मुलतः फाइदा उठाउनेहरुबाट धेरै नागरिकको विल्लीवाठ भइरहेको घटनाहरु सार्वजनिक भएका छन् । गृह मन्त्रालयले मिटरव्याजीबाट पीडित नागरिकलाई उजुरी गर्न आव्हान गरेपछि पीडितहरु धमाधम प्रशासनमा गई उजुरी दिइरहेका छन् । जहाँ पीडितहरुका अनेक दुख सुन्न पाइन्छ । सानो सहयोग लिएकाहरु पनि विल्लीवाठ हुने अवस्थामा पुगेका छन् ।

झापामा पनि २८ वटा उजुरी परिसकेको छ । ८३ लाखको कारोवार गरेर करोडौं रुपैयाँ माग गरिरहेको उजुरीमा उल्लेख छ । शिवसताक्षीका एक जना पीडितले ८३ लाख लिएर ९ वटा जग्गाको राजीनामा पास गरिदिए । उनले ५० लाख पनि तिरिसकेको दावी गरेका छन् । हाल जमिनको मुल्य १५ करोड छ । पैसा दिनेले करिव ५ करोड दावी गरिरहेका छन् । यस्ता दर्जनौ घटना जिल्ला प्रशासनमा दर्ता भएका छन् । अवश्य पनि जिल्ला प्रशासनले पीडितलाई न्याय दिलाउने आशा गरिएको छ । दोषीलाई पनि कारबाही गर्ने छ ।

झापामा पनि मिटरव्याजी कारोवारको आतंक छ भन्ने कुरा प्रशासनमा परेका उजुरीका आधारमा स्पष्ट हुन्छ । अनौपचारिक कारोवार गरेर अन्तिममा पैसा लिनेहरु चर्को व्याजमा पर्ने गरेका छन् । धेरै जसो घटना खाली चेकका कारण भएका छन् । पैसा लिँदा खाली चेकमा हस्ताक्षर गरेर दिने गरेको पाइयो । पैसा फिर्ता गरिसक्दा पनि चेकमा धेरैभन्दा धेरै रकम भरेर बाउन्स गरिदिने जस्ता घटना लिएर पीडित न्याय मागिरहेका छन् । कारोवार सर्तपूर्ण सकिए पनि जग्गा फिर्ता नगर्ने प्रवृत्ति बढेर गएको छ । यसैले कारोवार गर्दा ध्यान दिन आवश्यक छ । कुनै पनि कारोवार कच्चा गर्न हुदैन, पक्का गर्नुपर्छ ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]