बैशाख १२, २०८१ बुधबार

वक्तृत्वकलामा न्युटन्स एजुकेशन एकाडेमीकी सलुजा प्रथम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा न्युटन्स एजुकेशन एकाडेमीकी सलुजा शाह प्रथम भएकी छन् ।

महिला विकास शाखाको आयोजनामा ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको विचमा भएको यस प्रतियोगितामा साङ्गवेद सस्कृत माध्यमिक विद्यालयका कुशल निरौला दोश्रो, कञ्चनजंघा इङ्लिस बोर्डिङ्ग स्कुलकी भुमिका खरेल तेश्रो र इडन गार्डेन स्कुलकी सुमिरन दुलाल सान्तवना भएकी छन् ।

विजेताहरुले क्रमश पहिलो, दोश्रो, तेश्रो र सान्तवनाले २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । नेपालका बालवालिका र बालअधिकारको अवस्था शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा नगरका विभिन्न विद्यालयबाट १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यस्तै राष्ट्रिय बाल दिवसका अवसरमा नगरले कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि आयोजना गरेकोे चित्रकला प्रतियोगितामा मनकामना अंग्रेजी माध्यमिक विद्यालयमा अध्यनरत सुवेक्षा अधिकारी प्रथम भइन् । यस्तै प्रतियोगितामा जनता प्रा.विका मनिल सोरेन दोश्रो, लक्ष्मी नारायण प्रा.विका अर्जुन चौधरी तेश्रो र लिटल फ्लावरका नैतिक राजवंशी तेश्रो भए ।

न्युटन्स एकाडेमीको हलमा २७ गते आयोजना गरिएको चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका १९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विजेता पहिलो, दोश्रो, तेश्रो र सान्तवना हुने विद्यार्थीहरुले क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिव उद्वव विष्ट र युवराज पाण्डे रहेका थिए । बिजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई, विशेष अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेलले वितरण गरेका थिए ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  २ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]