चैत्र १६, २०८० शुक्रबार

झापामा तेक्वान्दो र खो-खोका खेल शुरु

रोहित काफ्ले

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरुमध्ये शनिबार तेक्वान्दो र खो–खो शुरु भएको छ ।

झापाको विर्तामोडस्थित सिटी सेन्टरमा तेक्वान्दो र भद्रपुरको भद्रपुर माविको मैदानमा खो–खो खेल शनिबारदेखि शुरु भएको जिल्ला खेलकुद विकास समिति झापाकासदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।
विर्तामोडमा शुरु भएको तेक्वान्दो प्रतियोगिताको एक समारोहका बीच १ नं प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री राजन राईले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरे ।

तेक्वान्दोको प्रदेशस्तरीय छनोट समितिका संयोजक तथा उदयपुर खेलकुद विकास समितिका अध्यक्ष पर्वत दाहालको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश खेलकुद मन्त्री राईले प्रदेशमा छनोट हुने खेलाडीलाई पोखरामा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेर प्रदेश नाम राख्न आग्रह गरे । उनले विश्वमा देशको पहिचान स्थापित गर्न खेलकुद क्षेत्रको उल्लेखनीय भूमिका रहने हुँदा खेलकुदको विकासमा सबै पक्ष गम्भीर हुनुपर्ने पनि बताए ।

झापा खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले स्वागत र झापा जिल्ला खेलाडी छनोट समितिका सचिवालय सदस्य एवम् करातेका प्रशिक्षक दर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा १ नं प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले खेलाडीहरुलाई विजयको शुभकामना दिएका थिए । तेक्वान्दोमा १ नं प्रदेशको १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।

यसैगरी, भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले खो–खो प्रतियोगिताको उद्घाटन गरे । उनले जिला सेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा कबड्डीका अन्तर्राष्ट्रिय खेलाडी जीवनकुमार श्रेष्ठले नेपालको खो–खो खेललाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्यान सक्ने गरी क्षमता प्रस्तुत गर्न आग्रह गरे ।
समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा समितिकी उपाध्यक्ष एवमु् खो–खो छनोट समितिकी संयोजक गंगा कोइरालाले स्वागत गरेकी थिइन् ।
मेची रंगशालामै सञ्चालन गर्ने भनिएको खो–खो खेल लगातारको वर्षाका कारण दिउँसो भद्रपुर माविको खेलमैदानमा सारिएको प्रशिक्षक जयप्रकाश राजवंशीले जानकारी दिए ।

बिहीबार झापाको दमकमा महिला भलिबल र शुक्रबार मेचीनगरमा महिला क्रिकेट प्रतियोगिता शुरु भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए । झापामा आइतबार काँकरभिट्टमा टेबलटेनिस र विर्तामोडमा शारीरिक सुगठनका खेल शुरु हुने बताइएको छ ।

एथलेटिक्समा झापालाई ५ स्वर्ण
सुनसरीको इटहरीमा भएको १ नं प्रदेशस्तरीय एथलेटिक्समा झापाले पाँचवटा स्वर्ण जितेको छ । झापा ५ स्वर्ण, ५ रजत र ८ कास्यसहित कुल १८ पदकका साथ तेस्रो स्थानमा रहेको प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।
करातेमा झापाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ भने दमकमा शनिबार झापाको महिला भलिबल टिमले क्वाटरफाइनलमा खोृटाङको टिमसँग प्रतिस्पर्धा गरेको प्रवक्ता जगन दुर्वासा कार्कीले जनाए ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]