बैशाख १३, २०८१ बिहीबार

निर्वाचन प्रक्रिया सुरु, समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । आजदेखि निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको हो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका तय गरेको छ । योसँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।

दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् । मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० समानुपातिक कोटाबाट आउँछन् । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम २३ असोजदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]