आश्विन १९, २०७९ बुधबार

समानुपातिक उम्मेदवारको नामावली तयार गर्न एमाले बैठक बस्दै

काठमाडौं–नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ११ बजे बस्दै छ । हिजो बसेको बैठकमा अध्यक्ष ओलीले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा ब्रिफिङ गर्नुभएको थियो ।

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र चोलिका लागि समय तय गरेको छ । त्यसै अनुसार पार्टीहरु समानुपातिकतर्फका उम्मेदवार छनौट गर्न लागेका हुन् ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास