आश्विन १९, २०७९ बुधबार

झापामा कबड्डी र आर्चरी खेल शुरु

रोहित काफ्ले
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरुमध्ये सोमबार कबड्डी र आर्चरी खेल शुरु भएको छ ।

मेची रंगशालाको कभर्डहलमा कबड्डी र भद्रपुर ५ स्थित होटल एभरेटमा आर्चरीको खेल शुरु भएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले दुबै खेलको एकैसाथ उद्घाटन गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको व्यस्ताका बावजुद झापा खेलकुदमय भएको बताउँदै खेलकुदले राष्ट्रको पहिचान बोक्ने भएकोले उत्कृष्ट प्रदर्शन गर्न खेलाडहिरुलाई आग्रह गरे ।

समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन र कबड्डी खेलका संयोजक धर्मराज शिवाकोटीले स्वागत गरेको समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, कबड्डीको पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कबड्डीका प्रशिक्षक रतिया राजवंशीले प्रशिक्षक, निर्णायक तथा रेफ्रीहरुको तर्फबाट सपथ लिएको सो समारोहका बीच प्रदेशस्तरीय छनोट प्रतियोगितामा आईटीएफ तेक्वान्दोतर्फ झापालाई स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई उद्घाटन समारोहमा सहभागी उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल, नितेश वर्मा, तोया गड्तौलालगायतले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

झापामा प्रदेशस्तरीय महिला क्रिकेट, महिला भलिबल र खो–खोका खेल सम्पन्न भइसकेका छन् भने तेक्वान्दो र व्याडमिन्टनका खेल जारी छन् । बक्सिङ र शारीरिक सुगठनका खेलहरु बुधबार शुरु हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव ष्णिु नेम्बाङले जानकार िदिए ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास