शिवसताक्षी दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत
बिर्तामोड । झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । सो दुर्घटनामा परेर अन्य चार जना गम्भीर घाइते भएका छन् । उनीहरूको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार अपराह्न साढे ४ बजे कार दुर्घटनामा परेको थियो । तीव्र गतिको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिको कार सडक किनारको बरको रूखमा ठोक्किएको थियो । कारमा ६ जना सवार थिए । बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।