राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्विकार
काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसोधनका लागि फिर्ता पठाएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । गए राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि यो विधेयक निष्क्रिय बनेको छ ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कहा पठाइएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।
राष्ट्रपतिका एकजना सल्लाहकारले यस विषयमा राष्ट्रपति कार्यलयले कुनै सुचना,जानकारी वा विज्ञप्ती जारी नगर्ने बताएका छन् । अर्का सल्लाहकार लालबाबु यादवलेचाँही संविधानको संरक्षणका निम्ती नै राष्ट्रपतिबाट यो विधयेकलाई प्रमाणित नगरेको सञ्चार माध्यमलाई बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले संसदको बहुमतले पास गरेर पठाएको यो विधेयकलाई १५ दिनसम्म अध्ययन गरेर केही संसोधन गर्न भन्दै संसदमा नै फिर्ता पठाउनुभएको थियो । गठबन्धन दलको बैठकले यसमा कमा र फलस्टप पनि परिवर्तन नगर्ने भन्दै एमालेको विरोधका बाबजुत पनि संसदबाट बहुमतले पास गरेर फेरी राष्ट्रपतिलाई पठाएको थियो ।