जेष्ठ २, २०८२ बिहीबार

बालगृहलाई सहयोग गरौं

सम्पादकीय
हाम्रो समाजमा कुनै बेला सहयोगीहरुको लावालस्कर देखिन्थ्यो । समाजसेवीको पहिचान बनाउन पनि सामाजिक सेवाको कर्म गरेको प्रशस्त देखियो । सानो सहयोग गरेर ठुलो प्रचार गर्नेहरु पनि यहाँ कम थिएनन् । तथापि, सहयोग गर्नेहरु एकाध भेटिन्थे । तर, पछिल्लो समय सहयोगका लागि आव्हान गर्दा पनि सहयोगीहरु चल्मलाएको पाइदैन । झापामा सहयोगीहरु जागरुप नहुँदा बालगृहहरु समेत समस्या परेका छन् । बालगृहहरुलाई अहिले ठुलो सहयोगको खाँचो परेको छ ।

झापा जिल्लामा विभिन्न प्रकारका बालगृहहरु सञ्चालनमा छन् । आठ वटा बालगृहहरु अहिले एक सयभन्दा बढि अनाथ बालबालिकाको हेरचाहमा योगदान गरिरहेका छन् । अनाथ, बौद्धिक अपांगता र शारिरीक अपांगता भएका बालबालिकाहरु बस्ने बालगृहहरु खाद्यन्नदेखि अन्य सहयोगको खाँचो परेको छ । बजारमा व्यापार, कारोवार सुस्ताएको छ । जसका कारण सहयोगीहरु पनि प्रभावित भएको हुन सक्ने बालगृह सञ्चालकहरुको अनुमान छ ।

बालगृहमा बालबालिकालाई खाद्यन्न मात्र होइन, अन्य सहयोगको पनि खाँचो छ । दुखले सञ्चालन भइरहेका बालगृहमा स्वास्थ्योपचार मुख्य समस्या बन्ने गरेको छ । यस्तै, शिक्षा पनि प्राविधिक शिक्षाको अभाव छ , उनीहरुलाई स्वरोजगार बनाउनका लागि अनिवार्य रुपमा प्राविधिक शिक्षाको व्यवस्था गर्नैपर्छ । बाल्यअवस्थामा बालगृह ल्याइएका बालबालिका हुर्कदै गएपछि उनीहरुको भविष्यप्रति राज्य सचेत हुनपर्छ । तर, राज्य पक्ष यस प्रकारका सवालमा पछि हटिरहेको छ । आश्रय दिनु नै बालगृहको ठुलो योगदान हो । बाँकी जीवनमा सरकारको टेवा चाहिन्छ । त्यसका लागि सरोकारवालाले आवश्यक पहलकदमी गर्न आवश्यक छ ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]