जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारामा गोल्डकप शुरु, आयोजक विजयी

शनिश्चरे । अर्जुनधाराको खेलमैदानमा आइतबारदेखि शुरु भएको दोस्रो नव युवा क्लब गोल्डकप प्रतियोगितामा आयोजक टिम अर्जुनधारा स्पोर्टिङ क्लबले अमरदह फुटबल क्लब मोरङलाई ०–५ गोल अन्तरले पराजित गरेको छ ।

वडा दशैंको अवसरमा पारेर स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका स्थानीय नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा आइतबार भएको पहिलो हाफको खेलमा २० औं मिनेटमा आयोजक टिमका जर्सी नम्बर ४ पुष्प मादेनले १ गोल लगाए । त्यस्तै खेलको ३० औं मिनेटमा आयोजक टिमकै जर्सी नम्बर ७ पुजन राईले गोल गरे । खेलको दोस्रो हाफ ३३ औं मिनेटमा आयोजक टिमका विशाल खवासले १ गोल सुट गरि पोष्ट चुमाए । आयोजक टिमले छक्काएर लगातार गोल प्रहार मौका पछि ३७ औं मिनेटमा सो टिमका जर्सी नम्बर ११ श्याम मुर्मुले १ गोल गरे । खेलको ५२ औं मिनेटमा आयोजक टिमकै जर्सी नम्बर ७ पुजन राई १ गोल गरेर रेकर्ड कायम गरे ।

प्रतिस्पर्धी टिम अमरदह फुटबल क्लब मोरङका जर्सी नम्बर १७ सुभाष तामाङ र जर्सी नम्बर ७ रोनीराजले गोल गर्ने प्रयास गरे तर सफल भएन । नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्वमा रहेको गोल्डकप उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले खेल रेफ्री भाग्य फागोलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिताको फाइनल १६ गते फुलपातिका दिन हुने खेलमा ८ वटा टिम सहभागी हुनेछन् । आज ( सोमबार ) हुने खेलमा रत खोला फुटबल क्लब दार्जिलिङ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]