जेष्ठ ५, २०८१ शनिबार

सैनिक नव युवा गोल्डकपको सेमिफाइनलमा

अर्जुनधारा । सैनिक एफसी बिर्तामोड झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी दमक फुटबल एकाडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै सैनिकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा सैनिकका लागि सुजन लिम्बूले पहिलो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा एकोहोरो दबाब सिर्जना गरेको सैनिकका लागि सुजनले खेलको ४८औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै, खेलको ५५औँ मिनेटमा सैनिककै पाल्देन घले र ७०औँ मिनेटमा उत्सव राईले गोल गर्दै फराकिलो गोलअन्तरमा जित दर्ता गरे । खेलको म्यान अफ दी म्याच सैनिकका पहिलो गोलकर्ता सुजन लिम्बू घोषित भए । उनले नगद १५ सय पाए ।

खेलकुद क्षेत्रको प्रवर्द्धन एवम् विजया दशमीको अवसरमा गोल्डकप आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए । भोलि (बुधवार)को खेल बिर्तामोड एफसी र ब्रदर एफसी चन्द्रगढीबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]