बैशाख २४, २०८१ सोमबार

बिर्तामोडको निर्णय : भारतबाट मरेका माछा ल्याई विक्रि गरे व्यवसाय नै बन्द गराइदिने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र कात्तिक १ गतेदेखि भारतबाट आयात गरिने मरेका अस्वस्थ्यकर माछाको विक्रि वितरणमा निषेध गरिएको छ । बिर्तामोड नगर कार्यपालिकाले असोज ६ गते अस्वस्थ्यकर माछाको विक्रि वितरणलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको थियो ।

बिर्तामोड नगरपालिकाले एक सूचना जारी गर्दै भारतबाट आयात गरिने मरेका अस्वस्थ्यकर माछाको विक्रि वितरण नगर्न सार्वजनिक अपील गरेको छ । नगरपालिकाको निर्णय विपरित माछाको विक्रि वितरण गरेमा व्यवसाय नै बन्द गराउने चेतावनी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जारी गरेको सूचना अवज्ञा गरे सम्पूर्ण सामग्री जफत गरी व्यवसाय नै बन्द गराउने जनाइएको छ ।

आम उपभोक्तालाई स्वस्थ्यकर माछा खुवाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सो निर्णय गरिएको हो । दुई दिनअघि मात्रै भारतबाट आयात गरिएको मरेका २ हजार १६ केजी माछा नष्ट गरिएको छ । उक्त माछा भन्सार छली गरेर भित्राइएको थियो ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]