चैत्र १६, २०८० शुक्रबार

दमकको सेतुमारी-सिजुवा सडक एक वर्षपछि सञ्चालनमा

झापा – दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ ।

गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पु¥याएको छ । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछि त्यस सडकखण्ड पूर्णरुपमा आवतजावत बन्द छ ।

अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ । सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मतसम्भारको काममा सहयोग पु¥याएका थिए ।

सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताउनुभयो ।

कृषि सामग्री हस्तान्तरण

यसैबीच झापाको गौरीगञ्ज गाउँपालिकाभित्रका पाँच महिला कृषि समूहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको समन्वय तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले रु एक लाख ७० हजारभन्दा बढी मूल्यका कृषि सामग्री उपलब्ध गराएको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताउनुभयो । कृषक समूहलाई पम्प सेट चार थान (डिजल मेसिन), इलेक्ट्रिक मोटर सेट दुई थान, पिभिसी सेक्सन पाइप, फुट भाउल्भ, निप्पल, क्लिम्पलगायत सामग्री हस्तान्तरण गरिएको हो ।

कृषि सहायता सामग्री गौरीगञ्ज–५ को सरस्वती कृषि महिला समूह, गौरीगञ्ज–४ को तुवावाहा कृषि महिला समूह, गौरीगञ्ज–५ को शिवशक्ति कृषि महिला समूह, गौरीगञ्ज–२ को रामनगर भाकुरमारी महिला समूह र कन्काई समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको संस्थाका संयोजक कुमार चुँडालले जानकारी दिनुभयो । महिला कृषक समूहलाई कृषिमार्फत आर्थिक सशक्तीकणमा टेवा पु¥याउने उद्देश्यले ती कृषि सामग्री अनुदानमा उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]