बैशाख २३, २०८१ आईतबार

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार छ सय १७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । होम आइसोलेशनमा एक हजार ४१, संस्थागत आइसोलेशन ३६ र आइसियूमा नौ जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।

शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा चार सय ३३, ललितपुर एक सय ४१ र भक्तपुरमा २१ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]