चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षीमा बजार अनुगमन तीब्र

शिवसताक्षी । झापाको शिवसताक्षीमा बिहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाराबारीको एक पसल बाहेक अरु कुनै पसलमा मूल्य सूची नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

विशेष गरी किराना तथा होटलहरु अव्यवस्थत रहेको, पदिरा र खाद्य सामग्री एउटै पसलमा राखिएको केही म्याद गुज्रिएको सामग्री समेत फेला परेको शिवसताक्षी नगरका राजश्व शाखाका बद्री दाहालले जानकारी दिए ।

नगरपालिकाको अनुगमन टोलीले म्याद गुज्रिएको, लेबल नलागाइएका खाद्य पदार्थहरु पसलबाट हटाउन र बेच विखन गर्न सुझाब दिइएको नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले भनिन्, पहिलो चरणमा पसल सञ्चालकलाई मापदण्ड विपरितका सामाग्री हटाउन सुझाब दिएको छौ । नगरले दशैं लगत्तै ति स्थानहरुमा छड्के जाँच गर्ने र त्यस्ता सामाग्री विक्री वितरण गरिएको पाएमा कार्वाही गरिने छ ।

अनुगमन टोलीले पसल दर्ता नभएका, म्याद गुज्रिएका, मापदण्ड विपरित राखिएको सामानको लगत संकलन गरेको छ । टोलीले बुधबार शिवगञ्ज, जनता बजार पनि अनुगमत गरेको थियो । नगरले खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु , बेकरी लगायतका पसललाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरेको हो ।

अनुगमनमा मंगलबारेको प्रहरी टोली, स्वास्थ्य शाखाका संयोजक संजय ठकुरी, वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्ग, वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, राजश्व शाखाका कर्मचारी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि, बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]