जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारा फाइनलमा प्रवेश

अर्जुनधारा । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । जसको निर्णायक गोल ११औँ प्रहारबाट सम्भव भयो ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजकले सडनडेथमा ९–८ गोलले सैनिकलाई पराजित गर्यो । जितसँगै आयोजकले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । आयोजक फाइनल पुग्ने पहिलो टोली हो ।

टाइब्रेकरमा पनि समान ५–५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । खेलको पहिलो गोल भने आयोजकका लागि पुजन राईले गरेका थिए । आयोजकका लागि पुजनले नै दुवै गोल ९ र १९औँ मिनेटमा गरेका हुन् ।

तर, खेलको २८औँ मिनेटमा योगेन्द्र तामाङको सुन्दर गोलबाट सैनिक खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सैनिकले खेललाई बराबरीमा पुर्यायो । सैनिकका लागि दिलन लोक्तामले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आयोजकका पुजन राई घोषित भए । उनले आयोजकका तर्फबाट नगद १५ सय पाए । शुक्रबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र भारतको रथखोला एफसीबीच हुने प्रचार संयोजक कमल पोख्रेलले बताए ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित गोल्डकपको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]