जेष्ठ ५, २०८१ शनिबार

फुटसलको उपाधी इन्द्रचन्द्र क्याम्पसलाई

विर्तामोड । नेबिसंघ झापाद्वारा संचालित दुइ दिवसीय अन्तर क्याम्पस फुटबल खेलको उपाधी  बिर्तामोडस्थित ईन्द्र–चन्द्र क्याम्पसले हात पारेको छ । यो सँगै उक्त क्याम्पसले नगद १६ हजारसहित  ट्रफि मेडल, र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगितामा  बिर्तामोडकै कन्काई आदर्श क्याम्पस द्वितीय भएको छ । कनकाइले नगद ११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

अन्तर क्याम्पस खेलमा १५ वटा टिम सहभागी थिए । खेलको उद्घाटन कार्यक्रम नेबिसङ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व एवं पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य केशव कुमार बुडाथोकीको प्रमुख आतिथ्य र   जिल्ला सचिव कृष्ण हुमागाईको विशेष आतिथ्यमा सप्पन्न भएको थियो ।

कार्यक्रममा नेबिसंघ झापाका सचिव पोषराज कटुवाल प्रबक्ता सन्जय निरौला ,जिल्ला सदस्य सन्जय राई ,एलेक्स मैनाली ,गोमेन्द्र क्याम्पस इकाई सभापति आयुस्मा प्रसाईं, त्रिदेव इकाई सभापति सौरभ बस्नेतले मन्तव्य राख्नुभएको  थियो । कार्यक्रम सञ्चालन सन्चार बिभाग प्रमुख गोकुल पौडेलले गर्नुभएको थियो ।

यसैगरी समापन कार्यक्रम   भोजराज सिटौलाको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको विशेष आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन सचिव पोषराज कटुवालले गर्नुभएको थियो ।

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ४ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]