बैशाख २३, २०८१ आईतबार

बिर्तामोड नव युवा गोल्डकपको फाइनलमा

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९ को फाइनलमा आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब र बिर्तामोड युनाईटेड फुटबल क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्ने भएको छ । अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा रथखोला फुटबल ट्रेनिङ सेन्टर दार्जीलिङलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।

बिर्तामोडको जीतका लागि खेलको ५औं र २४औं मिनेटमा आशिष चापागाईंले दुई गोल गरेका थिए । त्यसैगरी तेस्रो गोल खेलको ५०औं मिनेटमा मिलन राईले गरेका थिए ।यता पराजित टिम दार्जीलिङका लागि खेलको ८ औं मिनेटमा सञ्जय भण्डारीले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी बिर्तामोडका आशिष चापागाईंलाई प्रमुख अतिथि एमाले नेता एवम् सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष देवराज घिमिरे र अधिवक्ता स्वागत नेपालले संयुक्त रुपमा नगद पुरस्कार १५ सयसहित पुरस्कृत गरेका थिए ।

गत असोज ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यहि आइतबार फूलपातीका दिन हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमश नगद पुरस्कार एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]