बैशाख ६, २०८१ बिहीबार

झापावासीसँग बडादशैंको शुभकामना आदानप्रदान गर्न ओली गृह जिल्ला आउँदै

बिर्तामोड । बडादशैंको शुभकामना आदानप्रदान गर्न एमाले अध्यक्ष केपी शर्मा ओली झापा आउने भएका छन् । पूर्वप्रधानमन्त्री ओली सोमवार झापा आउने नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
असोज १८ गते मंगलवार अध्यक्ष ओलीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछन् । हरेक वर्ष ओलीले गृह जिल्लामा पार्टीका नेता, कार्यकर्ता, सामाजिक संघ, संस्था, व्यवसायीसहित सबै राजनीतिक दलका नेताहरुलाई सहभागी गराएर बडादशैंको शुभकामना आयोजना गर्ने गरेका छन् । त्यसको आवश्यक संयोजन जिल्ला पार्टीले गर्ने सचिव ढुङगेलको भनाई छ ।
सोमवार दिउँसो १ः४० बजे भद्रपुर विमानस्थल उत्रिने ओली दमक बस्ने छन् । मंगलवार बिर्तामोडको कार्यक्रममा सहभागी हुने उनी राजनीतिक कार्यक्रमभन्दा पनि दशैं विशुद्ध शुभकामना आदानप्रदान गर्न आउनेछन् ।
अध्यक्ष ओलीको बुवा झापा मै भएकाले यतै टिका लगाएर फर्किने वा बुवालाई काठमाडौं नै लैजाने भन्नेबारे टुङगो लागेको छैन ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  १ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]