जेष्ठ ५, २०८१ शनिबार

धनकुटालाई खुदुनाबारी गोल्डकपको उपाधि

अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्बलले जितेको छ ।
प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि धनकुटाले जितेको हो ।

अर्जुनधारा नगरपालिका –३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा सम्पन्न निर्धारीत ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा गएको थियो ।

जुनताराले क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० र सेमिफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी फुटबल संघ सुनसरीलाई ४–० र सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

जितसंगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल र वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित भइन् । उनीहरुले जनही ट्रफी सहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा राइजिङ युथ प्लेयरको उपाधी आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगर ५ हजार हात पारिन् । फाइनल खेलमा प्रदेश १ सरकारका कृषी तथा पशुपंन्छी मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवद्र्धक रहेको गोल्डकपलाई च्यारिटी युथ क्लबले आयोजना गरेको हो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रवद्र्धक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]