बैशाख २६, २०८१ बुधबार

अध्यक्ष ओलीको शुभकामना कार्यक्रम आज

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैं लगायत विभिन्न पर्वहरुको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम राख्नु भएको छ । २०५१ साल देखि बडादशैंको नवमीको दिन अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।

आज विर्तामोडको सिटी सेन्टर स्थित साई पाटी प्यालेसमा अध्यक्ष ओलीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नु भएको हो । दिउसो १ बजे हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथकार्यकर्तालाई निमन्त्रणा गरिएको छ । शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला,राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगातका नेताहरु सहभहागी हुनुहुनेछ ।

प्रकाशित मिति : आश्विन १८, २०७९ मंगलबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]