जेष्ठ ५, २०८१ शनिबार

झापामा एमालेका संघीय र प्रदेश साँसद लगभग टुङ्गियो

काठमाडौं -नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ । उम्मेद्वारहरुको अन्तिम सुची आज नै सम्बन्धित जिल्लामा पठाइने पार्टी केन्द्रले जनाएको छ ।


एमाले स्रोतका अनुसार झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली,४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू,२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नी खरेलको उम्मेद्वारी रहनेछ । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । यस क्षेत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेद्वारी रहने छ ।


क्षेत्र नं १ मा पार्टी केन्द्रले स्थायी कमिटी सदस्य खरेललाई अघि सार्ने निर्णय गरेको हो । क्षेत्र नं २ बाट सिफारिसमा परेका पूर्वमन्त्री समेत रहेका खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिन सक्ने उम्मेद्वारका रुपमा क्षेत्र नं १ बाट उम्मेद्वार बनाइएको एक जना नेताले बताउनुभयो ।


प्रदेशतर्फ क्षेत्र नं ५ का दुई क्षेत्रमा स्थायी कमिटी सदस्य प्रदेश क मा हिक्मत कार्की र ख मा प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार हुनेहुनु भएको छ । क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाल हुनु हुनेछ भने ख राप्रपाले पाउने भएको छ । क्षेत्र नं ३ ख मा केन्द्रीय सदस्य हरी राजवंसी र क मा प्रदेश सदस्य एवं निवर्तमान प्रदेश साँसद क बषन्त बानिया उम्मेद्वार हुनुहुने भएको छ । क्षेत्र नं २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एवं निवर्तमान साँसद एकराज कार्की दोहोरिने हुनु भएको छ ।


क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ ।

प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार  १२ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]