जेष्ठ ६, २०८१ आईतबार

डोमालाल राजवंशी रंगशालामा सरसफाई

बिर्तामोड । डोमालाल राजवंशी रंगशालामा शनिवार सरसफाई गरिएको छ । विभिन्न संघ संस्था तथा स्थानीय खेलाडीहरुको आयोजनामा सरसफाई कार्यक्रमको आयोजना गरीएको हो ।


कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले रंगशालाको स्वामित्व आधिकारिक रुपमा आइनसकेको बताउनु भयो । उहांले रंगशालाको घेरावाराको लागि आफूले नगरमा सरसल्लाह गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै झापा ११ का अध्यक्ष तथा रंगशाला संरक्षण समितिका अध्यक्ष जलकुमार गुरुङले रंगशाला आफ्नो नाममा पार्नेहरुबाट जग्गा फिर्ताको प्रयास भइरहेको बताउँदै भूमाफियाबाट जग्गा फिर्ता गर्नुपर्ने र रंगशालामा संरचना निर्माण गर्नुपर्ने दुवै चुनौती रहेको बताउनु भयो ।

कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी ,महेन्द्र रत्न माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेडाई , अनारमनी प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष बिरन कोइराला , चौकी इन्चार्ज असई प्रवीण खड्का , बिर्तामोड भेट्रान क्लबका अध्यक्ष किरण थापालगायतको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रममा स्थानीय युवाहरु , खेलाडी, अनारमनी प्रहरी चौकीका प्रहरी ,जनप्रतिनिधि , योगदान राष्ट्रका लागि झापाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]