जेष्ठ ६, २०८१ आईतबार

मेचीनगरमा माओवादी केन्द्रका नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा

बिर्तामोड । झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै माओवादी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नगर सह–इञ्चार्ज शान्तिराम चिमरिया, जिल्ला सचिवालय सदस्य विष्णु चौधरी, मेचीनगर अध्यक्ष राजन चिमरिया, उपाध्यक्ष बद्रीनाथ फुँयाल, कोषाध्यक्ष दिनेश ओलीसहित नेता कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका हुन् ।

विभिन्न जिम्मेवारीमा रहेका चार दर्जन बढि नेता कार्यकर्ताले राजीनामा दिएपछि माओवादी झापामा ठुलो क्षति पुगेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]