जेष्ठ ६, २०८१ आईतबार

एमालेले एक-दुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं – नेकपा एमालेले एकरदुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्र मस्यौदा समितिको बैठक बसेर एकरदुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।

एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।

एमाले नेता शेरबहादुर तामाङले एकरदुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिलाई एमालेले चुनावी मुद्दा बनाउने तयारी गरेको छ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीका अनुसार मस्यौदा समितिमा छलफल गरेर अन्तिम रूप दिएर घोषणापत्र सार्वजनिक गरिने छ । एमालेले घोषणापत्रका लागि सार्वजनिक रूपमा समेत सुझाव मागेको थियो ।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य र रोजगारको विषयलाई प्राथमिकता दिइने एमालेले जनाएको छ । एमालेले राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार भन्ने नारा बनाएर जनताका बीचमा जाने तयारी गरिरहेको नेताहरूले बताएका छन् । ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियो  । ०७४ मा एमाले–माओवादीको गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेर नेताहरु चुनावी प्रचारप्रसारका लागि गाउँँतिर लागेका छन् ।

प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]