बैशाख १४, २०८१ शुक्रबार

धमलाको महासंग्राममा स्वतन्त्रको हुटहुटी

उत्सव अज्ञात –
मुलुकमा निर्वाचन लागेको छ । म र म जस्ता सचेत युवाहरुका लागि निर्वाचन ज्यादै महत्वपूर्ण छ । त्यसैले यस बारे हुने सबै गतिविधिमा हाम्रो ध्यान केन्द्रीत हुन् स्वभाविक छ । यसैक्रममा , यहि हप्ता ऋषि धमलाको मंसिर ४ महासंग्राम कार्यक्रम शुरु भएको जानकार थिए । सोही कार्यक्रम लिएर झापा आएको भन्ने पनि थाहा थियो ।

यहि क्रममा धमलासँग अन्तरवार्ता अरे भन्ने खबर आयो । केपि ओलीसँग जसरी वन टु वन अन्तर्वार्ता गरिएको थियो । हामीलाई त्यस्तै होला भन्ने लागेर देवराज घिमिरेका कुरा सुन्न हामी अतिथी सदन पुग्यौ । हामी त्यहाँ पुग्दा युवा उमेरका करिब १०-१५ जना साथीहरु प्रश्न सोध्नका निमित्त तयार भएर बस्नु भएको रहेछ ।

उत्सव अज्ञात

कतिपय साथीहरु भने हेर्दै असभ्य, हामीले चल्तिको भाषामा भन्नुपर्दा गुण्डा जस्तो देखिनु हुन्थ्यो । आफ्ना मात्रै समर्थकको घेरामा भएका स्वागत नेपालको फुर्त्याई बडो गज्जबको थियो । सत्ता गठबन्धनका उम्मेदवार हरि राना विरुद्ध उहाँको अभद्र व्यवहार प्रष्ट झल्किन्थ्यो । आफ्ना बिकास मुद्दा केही नभएकाले उहाँ खाली एमसीसी, राइट टु रिकल र राइट टु रिजेक्टलाई मात्रै भयंकरसँग उठाइ रहनु भएको थियो ।
प्रश्न सोध्दै गर्दा स्वागत नेपालको समर्थकलाई मात्र प्रश्न सोध्न दिने गरिएको थियो । त्यसको बिरोध गरेपछि अरुलाइ नि प्रश्न सोध्न दिइयो ।

उहाँलाई प्रश्न गरिएको थियो, ‘सन्सारमा कुन चाहिँ देशमा स्वतन्त्र जितेर राज्य चलाएको छ’ । उहाँका समर्थकको उत्तर थियो ‘नेपाल बाहेक अन्त कहाँ सगरमाथा छ ।’ यो उत्तर सुन्ने बितिक्कै उहाँको प्रतिक्रिया थियो ‘हो…. नेपाल बाहेक अन्त कहाँ सगरमाथा छ, जनता ठग्न पाउदैनन्, एमसीसी बिरोध गर्ने स्वागत नेपाल हो ।
कार्यक्रम अत्यन्तै अवस्थित र अमर्यादित बनाउन स्वतन्त्र पक्षधर जोडबलले लागेको थियो ।
प्रश्नको उत्तर दिन नपाइ चिच्याउने , हुट हुटी गर्ने भई रहेकै थियो ।

त्यसै बिचमा कार्यक्रम चली रह्यो । टेक्निकल समस्या आइरहेका थिए । साउण्ड केही बुजिएको थिएन । प्रश्न सोधिएको थियो ‘तपाइको मिसन पत्रकारिता हो ऋषिजि ?

अनि स्वागत नेपाललाई नि थियो थप प्रश्न, सारा देश बहुदलीय व्यवस्था ल्याउन जुरुक्क उठिरहेको बेला, तपाईं कता हुनुहुन्थ्यो ?

उत्तर दिन नपाउदै, जवाफ आउँछ समर्थक बाट ‘यहि थिए’ । स्वागत नेपाल मुसुक्क मुस्कुराउछन्, स्वतन्त्र पक्षधर हुल्दुङा गर्न थाल्छन्, जिन्दावाद मुर्दावादको नारा लाग्न थाल्छ । प्रसारण पनि हुदैन त्यो प्रश्न ।

अराजकताले र बिरोधका लागि बिरोध गरेर मात्रै स्वागत नेपाल को प्रस्तुति भद्दा जनक थियो । काठमाडौं कता–कता डुलिहिड्ने अनि, यहिको स्थानीय बासिन्दा भन्दै चाप्लुसी गर्ने । राजनीति दल प्रति निराशा छ । तर राजनीतिक दल भन्दा बाहिर बहुदलीय व्यवस्था भएको गणतान्त्रिक मुलुकमा औचित्य हुँदैन । बिकासका मुद्दा के हुन् उहाँका ? एमसीसीमा जनताको सेन्टिमेन्ट प्रयोग गरेर प्रचार मात्रै गरिरहनु भएको छ । बिकासका असली मुद्दा थाहा छैन । कसरी पास गर्नुहुन्छ । उहाँका मुद्दा, राइट टु रिकल र राइज टु रिजेक्ट, कसरी ल्याउनु हुन्छ त्यो व्यस्था ? प्रश्न अनेक उत्तर मौन ।

प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]