जेष्ठ २५, २०८२ शनिबार

बसपार्क प्रवेश गर्ने सडक आसपासमा सरसफाई

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने सडक आसपासमा आज सरसफाई गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा पूर्व पश्चिम राजमार्गको छेउमा अव्यवस्थित रुपले फालिएको फोहोर सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज देवराज घिमिरे , प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरकमिटी ईन्चार्ज देवराज कार्की, नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाध्यक्ष, जनप्रतिनिधि लगायत करिब ३ सय जनाको सहभागिता रहेको थियो ।

एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले धेरै मानिसहरुले अव्यवस्थित रुपमा लामो समयदेखि फालेको फोहोर सरसफाई गरिएको बताए । एक पटक यहाँ फालिएको फोहोर सबै उठाउने र त्यसपछि पनि फालेको भेटिएमा मान्छे पहिचान गरि नगरपालिकाको कारवाही जानकारी दिए । यस क्षेत्रमा फोहोर फाल्न नदिनको लागि बिर्तामोड नगर प्रहरीले समेत निगरानी बढाएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  २ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]