जेष्ठ ५, २०८१ शनिबार

शिवसताक्षीमा सहायता कक्ष स्थापना

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नागरिक सहायता कक्षको स्थापना गरेको छ । नगरपालिकाले नगरमा आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन) ले उपप्रमुख नरमाया कार्कीले नागरिक सहयता कक्षबाट काम सुरु गरेका छन् । हेल्प डेक्समा कर्मचारी व्यवस्थापन गरी नगरपालिकामा आउने विभिन्न कामहरुको सहजीकरण गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए ।

नगरपालिकामा आउने सेवाग्राही आफ्नो काम कुन फाँटबाट गराउने, कामका लागि के–के कागजपत्र आवश्यक हुने भन्ने नबुझ्दा काममा ढिलासुस्ती र एउटा कामका लागि दुई वा तीन पटकसम्म नगरपालिकामा धाउनु पर्ने गुनासो आएपछि हेल्प डेक्सको व्यवस्था गरिएको बताए । यसले नगरमा आउने सेवाग्राहीले छिटै सेवा पाउने पनि अपेक्षा गरिएको छ ।

नगरमा आउने सेवाग्राहीहरुको काम कुन–कुन शाखामा सम्बन्धित हो । त्यसमा नागरिक कक्षले सहजीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । जसले कर्मचारीलाई काम गर्न सजिलो र सेवा ग्राहीले समयमै सेवा पाउनेमा उनको भनाई छ । नागरिक सहयता कक्षमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिई मात्र कामको जिम्मेवारी दिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]