जेष्ठ २६, २०८२ आईतबार

संयुक्त राष्ट्र सङ्घका महासचिब मङ्गलवार भारत आउने

दिल्ली । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार भारतका आउनुहुने भएको छ ।

सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसङ्घका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनुहुनेछ ।

उहाँले यसअघि सन् २०१८ को अक्टोबर १ देखि ४ सम्म आफ्नो पहिलो कार्यकालमा पनि भारतको भ्रमण गर्नुभएको थियो ।

गुटेर्रेसले मुम्बईको ताज महल प्यालेस होटलमा २६-११ को आतङ्कवादी हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो भारत भ्रमणको सुरुवात गर्नुहुनेछ । उहाँले आइआइटी मुम्बईमा संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नुहुनेछ ।

अक्टोबर २० मा गुजरात (एकता नगर, केवडिया) मा गुटेर्रसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिनुहुनेछ ।

सन् २०२१ को नोभेम्बरमा ग्लास्गोमा भएको कोप २६ मा भारतीय प्रधानमन्त्रीले वातावरण संरक्षणका लागि जीवनशैली पुस्तिकाको अवधारणा अघि सार्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले त्यसपछि व्यक्ति र संस्थाहरूको विश्वव्यापी समुदायलाई वातावरण संरक्षण र संरक्षणको लागि ‘विवेकहीन र विनाशकारी उपभोगको सट्टा दिमागी र जानाजानी प्रयोग’को लागि अन्तर्राष्ट्रिय आन्दोलनको रूपमा प्रेरित गर्न आग्रह गर्नुभएको थियो ।

विदेश मन्त्री एस जयशङ्करले संयुक्त राष्ट्रसङ्घसँग विश्वव्यापी चासोका विषयहरु, संयुक्त राष्ट्रसङ्घसँग भारतको संलग्नतालाई प्रगाढ बनाउने कदम, जी–२० को आगामी अध्यक्षता र सुधारिएको बहुपक्षीयतालगायतका विषयमा द्विपक्षीय छलफल गर्नुहुने कार्यक्रम रहेको बुझिएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]