बैशाख २३, २०८१ आईतबार

निर्वाचनमा सरकारी कर्मचारी र प्रहरीको दुरुपयोग भयो : ओली

धुलावारी । सत्ता गठबन्धनले निर्वाचन आरसंहिताको ठाडो उल्लंघन गरी सरकारी कर्मचारी र प्रहरीको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको माग गरेका छन् ।

झापामा धुलावारीमा बुधबार बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गठबन्धनका उम्मेद्वारहरुले भुमी आयोगका कर्मचारी र प्रहरीलाई प्रयोग गरी भोट मागिरहेको बताउँदै निर्वाचन आचारसंहिता उल्लंघन भएको बताए ।

चुनावी कार्यक्रमका लागि झापा आएका ओलीको स्वास्थ्यमा समस्या भएको भन्दै मंगलबारको पत्रकार भेटघाट कार्यक्रममा सहभागी नभएका ओलीले बुधबार झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचारसंहिताको उल्लंघन गर्ने गठबन्धनलाई कारबही गर्न निर्देशन दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको समेत उपस्थिति रहेको कार्यक्रममा ओलीले कांग्रेसको सरकार पटक–पटक सत्तामा आउँदा कुनै काम नगरेको र गठबन्धनसँग कुनै एजेण्डा नभएको भन्दै एमालेको बहुमत आवश्यक रहेको बताए ।

यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् ।

धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले समृद्धि र विकासको मुद्दामा सहकार्य गर्ने उद्देश्यले एमालेसँग चुनावी गठबन्धन गरिएको बताउँदै दयामायाले होइन सहयोग गर्ने कुराले एक अर्कालाई मतदान गर्न समेत आह्वान गरे ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]