जेष्ठ ४, २०८१ शुक्रबार

मलामी बोकेको बस दुर्घटना, २८ घाइते

बिर्तामोड । मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ स्थित झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका हुन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो । राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले जनाएको छ ।

सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन् । अगाडि गुडिरहेको बसले आकस्मिक ब्रेक गर्दा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घाइते सबैको बिर्तामोड अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]