बैशाख १३, २०८१ बिहीबार

कांग्रेस नेता मल्लिक राप्रपा प्रवेश, कृष्ण सिटौलालाई धक्का

भद्रपुर । चुनावको मुखैमा नेपाली काँग्रेसप्रति असन्तुष्ट जनाउँदै भारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । भद्रपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका मल्लिक नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् महासमिति सदस्य हुन् ।

भद्रपुरमा बुधवार आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मल्लिकलाई अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् । मल्लिकसहित उनकी श्रीमती पनि राप्रपामा प्रवेश गरेकी छिन् । काँग्रेसले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ टिकट नदिएपछि मल्लिक असन्तुष्टि बनेका थिए ।

केही समयअघि मल्लिक भद्रपुर विमानस्थल पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए । मल्लिक एमालेमा जान लागेको भन्दै काँग्रेसभित्र चर्चा पनि चलेको थियो । तर, अन्ततः मल्लिक एमालेमा नगई राप्रपामा प्रवेश गरे । मल्लिक सुरुमा नेपाल सद्भावमा पार्टीमा आबद्ध थिए ।

सद्भावनामा हुँदा उनी भद्रपुरको मेयरमा निर्वाचित भएका थिए । पछि उनी सद्भावना छाडेर विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा प्रवेश गरे । गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र काँग्रेसबीच एकता भएपछि मल्लिक काँग्रेसमा आए । उनलाई पार्टीले केन्द्रीय सदस्य समेत बनाए । हाल गच्छदारले काँग्रेस नछाडे पनि मल्लिकले काँग्रेस छाडिहाले ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]