बैशाख २३, २०८१ आईतबार

सम्पादकसँग उम्मेदवारहरु : ‘एमालेको जीत निश्चित छ, बहुमत ल्याउन मेहनत गर्दैछौं’

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधि र प्रदेशसभा सदस्यका एमालेका उम्मेदवारहरुले जीत निश्चित भएको बताएका छन् । उनीहरुले आज बिर्तामोडमा आयोजित सम्पादकसँग उम्मेदवारहरुको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्यका उम्मेदवारहरु चिन्तन पाठक र एकराज कार्कीले मतदाताको भरपुर माया पाएको बताएका छन् । उनीहरुले चुनावी प्रचारलाई व्यापाक बनाउनुपूर्व मतदाताले देखाएको सहानुभूतिले जीत निश्चित भएको बताए ।

सम्पादकहरुको जिज्ञासामा जवाफ दिदैं प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले एमालेका विरुद्ध सबै दलहरु लागे पनि एमालेसँग कसैले प्रतिष्पर्धा गर्न नसक्ने बताए । उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र गरे पनि जनताले मंसिर ४ मा एमालेका उम्मेदवारलाई विजयी गराउनेमा ढुक्क रहेको प्रतिक्रिया दिए । घिमिरे भन्छन्– एमालेलाई चुनाव जित्न कुनै समस्या छैन, एमाले सरकारले गरेका काम नै जीतका लागि काफी छ । गठबन्धनले चुनावमा सहभागी हुनैपर्ने बाध्यताका कारण मात्रै उम्मेदवारी दिएको हो, उनले थपे – ‘एमालेको जीत हुन्छ भन्ने कुरा गठबन्धनलाई पनि थाहा छ । एमालेको जीत निश्चित छ, बहुमत पुराउने कुरामा ख्याल गरेका छौं ।’

यस्तै, प्रदेशसभाका उम्मेदवार चिन्तन पाठकले चुनावमा गठबन्धनको अर्थ नरहेको बताएका छन् । उनले स्वार्थका लागि गरिएको गठबन्धनबारे मतदाता सजग रहेको बताए । उनलाई पत्रकारले सोधे, स्वतन्त्रको प्रभावले धक्का दिने त होइन ? सो जिज्ञासामा पाठकले जवाफ दिदैं भने, हामीलाई स्वतन्त्रको कुनै प्रभाव छैन । स्पष्ट रुपमा भन्नुपर्दा स्वतन्त्रको ‘फिल’ नै छैन । तपाईहरुले कुरा उठाएपछि मात्रै स्वतन्त्र बारे थाहा भयो । स्वतन्त्रको जीत दिवासपना मात्रै हो । यसको संसदमा समेत कुनै भूमिका हुदैन ।

प्रदेशसभाका अर्का उम्मेदवार कार्कीले अहिलेसम्मको भेटघाट र चुनावी अभियानले एमालेको जीत शतप्रतिशत निश्चित भएको सुनाए । एमालेको जीतमा कुनै विकल्प छैन, अब बहुमत कसरी पुराउने मात्रै चिन्ताको विषय हो । सम्पादकहरुसँगको अन्तरक्रियामा उनले भने, विगतका कामले पनि जनता खुशी हुनु भएको छ । अब पनि आफ्ना प्रतिवद्धता पुरा गर्ने सवालमा प्रतिवद्ध छौं । उनले राजनीतिक मुद्धा सकिएका कारण समृद्धिको अभियानमा क्रियाशिल हुने बताएका छन् । कार्कीले भने, मेरो प्रतिष्पर्धी नै देखेको छैन । त्यसैले जीतमा शंका छैन ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]