जेष्ठ २, २०८२ बिहीबार

नगरलाई सुन्दर बनाउन सहयोग गरौं

सम्पादकीय
बिर्तामोड नगरपालिकाले बजार क्षेत्रलाई हरियाली बनाउने अभियानलाई तीब्रता दिएको छ । लामो समयदेखि अस्तव्यस्त बनेको बिर्तामोडलाई स्वच्छ र सुन्दर बनाउन फुल रोप्ने अभियानलाई तीब्रता दिएको हो । अहिले बिर्तामोडको भद्रपुर रोड क्षेत्रमा सुन्दरता देखिन थालेको छ । नगरपालिकाले सडकको बिच भागमा फुल रोपिरहेको छ । फुल रोपेर सडक क्षेत्रलाई सुन्दर बनाउने अभियान सफल बनाउने सबैको दायित्व हो । यसैले यो अभियानलाई सफल बनाउन सबैको सहयोग पनि उत्तिकै आवश्यक छ ।

जिल्लाकै व्यस्त र ठुलो बजारको रुपमा स्थापित भइरहेको बिर्तामोडको मुख्य चुनौति भनेकै फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापन कै मुद्धाले बिर्तामोडलाई बेलाबेला विवादमा ल्याउने गरिन्छ । अहिले फोहोर व्यवस्थापन विस्तारै समाधान पनि भइरहेको छ । बिर्तामोडलाई फोहोरले हैरान बनाइरहेको बेला सडकको बिचमा फुल रोपेर सुन्दर बनाउन थालिएको छ । एकातिर फोहोर अर्कातिर सुन्दरता राम्रो देखिदैन । यसैले सरसफाईको लागि नगरबासी सचेत हुन आवश्यक छ ।

शुरुशुरुमा नगरपालिकाले बजारलाई सुन्दर बनाउन केहि गरेन भन्ने आरोप लागेको थियो । अहिले फुल रोपेको विषय पनि विवाद गरिदैछ । जे गरे पनि विवाद गर्नु बेठिक हो । त्यसैले सर्वप्रथम सकारात्मक हुनुपर्छ । सकारात्मक सोचको विकास गरियो भने मात्रै विकास र समृद्धि हासिल गर्न सकिन्छ । सडकको बिच भागमा रोपिएको फुल उखेल्ने, त्यहि लगेर फोहोर फाल्ने समेतको काम भइरहेको छ । त्यसलाई तत्काल रोकौं । लाखौं रुपैयाँ लगानी गरेर बनाइएको सुन्दरता मासेर पशुवत व्यवहार नदेखाऊ । सभ्य नागरिकको पहिचान प्रस्तुत गरेर सुन्दरताका लागि आवश्यक सहयोग गरौं ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]