जेष्ठ २६, २०८२ आईतबार

मेथीबारी सडकको बरगाछी पुल मर्मत

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चना मेथीबारी सडकको बरगाछी पुल मर्मत गरिएको छ । पुलको एकापट्टीको भागमा ठुलो खाडल परेपछि केहि दिन देखी सवारी आवतजावत ठप्प भएको थियो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने , वडाध्यक्ष अजय कार्की लगायत जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयको सहभागितामा पुल मर्मत गरिएको हो ।

सबैले खोलामा रहेको बालुवा बोरामा भरेर खाडल पुरिएको हो । पुरानै पुललाई मर्मत गरेर तत्कालका लागि प्रयोगमा ल्याईए पनि नयाँ पुल निर्माण गर्नु पर्ने आवश्यकता रहेकोले यसका लागि योजना बनाएर अघि बढ्ने नगरप्रमुख प्रसाईको भनाई छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]