बैशाख १४, २०८१ शुक्रबार

मंसिर ४ पछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

​​​​​​​झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमालेको सरकार बन्ने बताउनु भएको छ ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सरकारको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

विकासको महान अभियानमा एमाले अघि बढेको भन्दै उहाँले एमालेलाई जनताले नै जिताएर नेतृत्वमा पु¥याउने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले विश्वास लिएको छु, मंसिर ४ पछि एमालेको सरकार बन्छ कसैले रोक्न सक्दैन, म आग्रह गर्न चाहान्छु कुनै अलमलमा नपरी देश बनाउने अभियानमा जुटेर एमालेलाई देशव्यापी रुपमा विजयी बनाउने अभियानमा संलग्न हौं,एमालेको सरकार बनाऔं, देशमा शान्ति, सुव्यवस्था, स्थितरता, स्थायित्व र सुशासनको अभियान चलाऔं र समृद्ध नेपाल सुखी नेपाली बनाऔं ।’

नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उहाँले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आव्हान पनि गर्नुभयो ।

विकास गर्न एमालेकै सरकार चाहिने भन्दै उहाँले यसअघि सरकारको नेतृत्व गर्दा एमालेले सो कुरा पुष्टि गरेको बताउनुभयो । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताउनुभयो।

पूर्वाधार तथा विकासमा धेरै काम भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूला भवन, पुल, पुलेसा, बाटो, भ्युटावर लगायत संरचनादेखि भूकम्पले भत्काएका संरचना पुर्ननिर्माण गर्ने काम भएका छन्।’

कोभिड जाँच गर्ने प्रयोगशाला नभएको अवस्थालाई अन्त्य गरेको, कोभिड महामारीबीच पनि विकास निर्माण अभियान अघि बढाइएको, देशैभर एकैपटक रणनीतिक महत्वका योजना,सडक र अस्पताल शिलान्यास गरेको उहाँले स्मरण गर्नुभयो ।

गठबन्धन सरकार आएपछि सुचारु भएका र शिलान्यास भइसकेका योजना काटेको अध्यक्ष अध्यक्ष ओलीले आपत्ति पनि जनाउनुभयो ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र संकटमा परेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकारमा हुँदा पैसा हुने,यिनीहरु आए कि त पैसा छैन ।’

देश दुनियाँका एमालेलाई ध्वस्त पार्न लागिरहेका बताउनुभयो । एमालेले देशको शीर ठाडो पारेका कारण एमालेलाई ध्वस्त पार्न लागिरहेका अध्यक्ष ओलीले बताउनुभयो ।

नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उहाँले बताउनुभयो । देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताउनुभयो ।

एमाले, राप्रपा र जसपाबीचको तालमेल गठबन्धन नभएर चुनावी तालमेल मात्र रहेको उहाँले बताउनुभयो । यद्यपि सो तालमेल चुनावपछि पनि कायम रहने अध्यक्ष ओलीले बताउनुभयो । एमालेले जसपा र राप्रपालाई सामेल गराएर चुनावपछि सरकार बनाउने उहाँको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]