एमालेको सरकार अपरिहार्य छः एलपी साँवा
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा लिम्बुले देश विकास लहर नेकपा एमालेमात्रै गर्न सक्ने बताएका छन् ।
बिहीबार चुनावी घरदैलोका क्रममा शिवसताक्षी ९ र १० वडामा मतव्य राख्ने क्रममा उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देशव्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको बताए ।

एमालेले सरकार चलाएको छोटो समयमा राष्ट्रिय महत्वका कामहरु गरेको जानकारी दिए । गरिबहरुको लागि जनता आवास कार्यक्रम मार्फत प्रत्येक स्थानीय तहरुमा जनता आवास कार्यक्रम मार्फत घरहरु बनाएर त्यहाँका घरविहीन परिवारलाई घर हस्तान्तण गरेको उनले बताए ।
विगतको समयमा नेकपा एमालले गर्न खोजेका कामहरु पुरा नभएकाले अब पनि एमालेको नेतृत्वको सरकार बनाउँदा मात्र जनता सुखी नेपाली समृद्ध नेपालको सपना पुरा हुने उनको भनाई थियो । उनले भने, ओली सरकारले सुरु गरेका कामहरु हाल गठन्धनका सरकारले सबै काटिदिएको छ । त्यसैले पनि नेकपा एमालेको सरकार यो देशका लागि अपरिहार्य बनेको छ ।
हाम्रो विरताले जोगाएको स्वाभिमान झुक्न नदिन, गिर्दो आर्थिक अवस्था सुधार गर्न, सार्वभौम सत्ताको रक्षा गर्न र भष्ट्रचार मुक्त नेपाल निर्माण गर्नका लागि आउँदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरिएको राप्रपा नेपालका उम्मेद्वार भक्ती सिटौलाले बताए । यहाँका शिक्षा स्वास्थ्य र विकास निर्माणका कामलाई प्राथमिकताका साथमा काम गरिने भएकाले आगामी निर्वाचनमा प्रतिनिधि सभामा सूर्य चिन्ह र क्षेत्र नं. ४ (ख)मा हलो चिह्नमा मतदान गर्न हुन आम मतदाता समक्ष अनुरोध गरेका छन् ।