बैशाख १३, २०८१ बिहीबार

अध्यक्ष ओलीले आज जनतासँग टेलिफोन संवाद गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज टेलिफोन मार्फत आज आम नागरिकसँग अन्तरसंवाद गर्दैहुनुहुन्छ । विहान ११ बजे देखि दिउसो २ बजेसम्म अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यलयको ‘वार रुम’बाट संवाद गर्ने उहाँको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अध्यक्ष ओलीले चार दिन आफ्नो फेसुबक पेज मार्फत आम नागरिकलाई आफूलाई आम जनमानसँग संवाद गर्न इच्छा लागेको र आफ्नो नाम र नम्बर मेसेन्जरमा टिपाउन फेसबुक मार्फत आह्वान गर्नुभएको थियो । हिजो दिउसोसम्ममा अध्यक्ष ओलीसँग संवाद गर्नका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको अध्यक्ष ओलीले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार सबै टिपाइएका नम्बर र नाम टाइप गरेर प्रिनट गरिएको छ । बोरामा हालिएका उक्त नाम र नम्बर सहितका चिट अध्यक्ष ओलीले ‘रेण्डम्ली’ टिप्नु हुनेछ । वार रुमबाट सम्बन्धित व्यक्तिलाई फोन डायल गरिनेछ । अध्यक्ष ओलीले सम्बन्धित व्यक्तिको प्रश्न सुन्ने र तिनको जवाफ दिने तयारी गरिएको छ । जनतासँगको यो संवादका लागि अध्यक्ष ओलीले करि चार घण्टा समय दिने पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]